महेन्द्र जिसी
पर्वत, १४ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वतका सरकारी तथा गैर सरकारी कार्यालय र बजारवासीको सहभागितामा बजार सरसफाई गरिएको छ । एकवर्षदेखी कुश्माबजार सरसफाई अभियानको थालनी गरिएको थियो । अभियानमा जिल्ला स्थित सरकारी कार्यालय, राजनीतिक दलका प्रमुख एवं कुश्मा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तथा उप प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएको सरसफाई अभियानमा जिल्लाका तीन वटै सुरक्षा निकाय सामाजिक संघसंस्था लगायतको सहभागिता रहेको थियो । बजार सरसफाईमा स्थानीयको सहभागिता बढाउन सचेतनात्मक रुपमा थालिएको अभियानमा बजार वजारबासीहरुको सहभागिता बढन थालेको अभियान्ताहरुले जनाएका छन । बजार सरसफाई अभियान थालनी भएसँगै बजारबासीहरुमा सरसफाई सम्बन्धि सचेतनाको विकास भएको खानेपानी तथा सरसफाई डिभिजिन कार्यालयका प्रमुख प्रेम डोटेलले जानकारी दिए ।
गणतन्त्र दिवसमा कैदी बन्दीहरुको आँखा तथा स्वाथ्य जाँच
गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत कारागारमा रहेका कैदी बन्दीहरुको आँखा जाँच तथा स्वाथ्य परिक्षण गरिएको छ । उक्त अवसरमा कैदी बन्दीहरुलाई खेलकुद समाग्री वितरण गरिएको हो । गणतन्त्र दिवस मुल आयोजक समिति र पर्वत स्थित पाँच लायन्स कल्वको आयोजनामा स्वस्थ्य तथा आँखा जाँच गरिएको हो ।
प्राथमिक आँखा उपचार केन्द्रको प्राविधिक सहयोग र लायन्स कल्वको सक्रियतामा दिवसमा जिल्ला कारागारका २१ जना बन्दीहरुको आँखा उपचार गरिएको छ । गणतन्त्र दिवष मुल आयोजक समितिले कैदी बन्दीहरुलाई खेलकुद समाग्रीहरु वितरण गरेको हो । निमित्त जेलर प्रकाश पौडेलका अनुसार कैदी बन्दीहरुलाई आँखा जाँच गराएर प्राथमिक आँखा उपचार केन्द्रले चश्मा र औषधी वितरण गरेको हो ।