जिल्ला निर्वाचन कार्यालय चितवनको विभेदपूर्ण व्यवहारप्रति देजमोद्वारा खेद व्यक्त

738
views

अमृत चापागाई
भरतपुर १५ जेठ । भरतपुर महानगरपालिकामा भएको मतगणनाका क्रममा भएको घटनाप्रति देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) चितवनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मतगणना अन्तिम चरणमा पुगेका बेला सत्तापक्षिय गठबन्धन र प्रमुखप्रतिपक्षि दलको तर्फबाट मतपत्र च्यात्ने र हुलहुज्जत गर्ने जस्ता प्रवत्तिलाई लोकतान्त्रिक मुल्यमान्यताको उपहास भएको भन्दै देजमो चितवनले प्रेस वक्तव्य जारी गरेको हो ।
देजमोले निर्वाचन आयोगमा दल दर्ता भैसक्दा समेत चुनाव चिन्हबाट बञ्चित गर्दै देजमो नेपाललाई दलिय मान्यता सहित सर्वदलिय छलफलबाट बहिष्करण गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनको विभेदपूर्ण व्यवहारप्रति खेद व्यक्त गरेको छ ।
विज्ञप्तीमा भनिएको छ ‘कथित ठूला भनिएका संसदवादी दलहरुका अगाडी स्वतन्त्र एवं साना दलहरुको प्राप्त मतगणनामा भएको धाँधलीप्रति असहमति जनाएको छ ।’
यस्तै देजमोका संयोजक अशोक शर्माद्वारा हस्ताक्षरीत विज्ञप्तिममा भनिएको छ–कथित ठूलादलहरुको अहंकारका कारण उत्पन्न घटित घटनाको निन्दा गर्दै जनमतको अपमान गर्नेको छानविन गर्न जोडदार माग गरिएको छ ।