नवदृष्टि संवाददाता
पर्वत, २०, जेठ । आठहजार ३६ मेट्रिक टन कोदो उत्पादन हुने पर्वतका कृषकहरुलाई कोदो रोप्न भ्याईनभ्याई भएको छ । मकै खेती दोहोरा खन्ने कामपछि ग्रामीण भेगका कृषकहरु कोदो बालीको चटारोमा लागेका छन् । पर्वतका ग्रामिण भेगमा कोदो रोप्ने समय भएकोले रोपाईमा व्यस्त हुन थालेको स्थानीयको भनाई छ । असारे धानको बीऊ राख्ने र कोदो रोप्ने समय भएकोले कामको व्यस्तता बढेको पर्वत फलेवास नगरपालिका–१ साविक कार्कीनेटा गाविसका कृषक गणेश प्रसाद पौडेलले बताउनुभयो । जेठमा रोपेको कोदो कार्तिकमा पाक्ने भएकोले यतिबेला धानको बीऊ राखिसकेपछि कृषकलाई कोदो रोप्ने समयको हतारो भएको अर्का स्थानीय ठाकुर प्रसाद शर्माको भनाई छ । पर्वतको २८ हजार पाँचसय ९३ हेक्टर खेतीयोग्य जमिनको आठहजार सातसय ३० हेक्टर मा आठहजार ३६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।
जिल्लामा १५ हजार एकसय एक हेक्टर पाखो जमिन, ९ हजार ७० हेक्टर खेत र ८ हजार ७ सय ३१ हेक्टर कोदो उत्पादन हुने जमिनमा बर्षेनी प्रतिहेक्टर ० दशमलव ९ मेट्रिक टन कोदो उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतका कृषि प्रसार अधिकृत लोकनाथ चापागाईले बताउनुभयो । पर्वतमा उत्पादित कोदो उत्पादित क्षेत्रका बासिन्दाले खाद्यान्नसँगै अखाद्य बस्तु उत्पादनमा समेत प्रयोग गर्ने गरेको पाइएको छ ।

नीयको भनाई छ । असारे धानको बीऊ राख्ने र कोदो रोप्ने समय भएकोले कामको व्यस्तता बढेको पर्वत फलेवास नगरपालिका–१ साविक कार्कीनेटा गाविसका कृषक गणेश प्रसाद पौडेलले बताउनुभयो । जेठमा रोपेको कोदो कार्तिकमा पाक्ने भएकोले यतिबेला धानको बीऊ राखिसकेपछि कृषकलाई कोदो रोप्ने समयको हतारो भएको अर्का स्थानीय ठाकुर प्रसाद शर्माको भनाई छ । पर्वतको २८ हजार पाँचसय ९३ हेक्टर खेतीयोग्य जमिनको आठहजार सातसय ३० हेक्टर मा आठहजार ३६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।