संसदमा प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु

616
views

काठमाडौँ । व्यवस्थापिका संसद्को मंगलबारको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनको निर्वाचनको प्रक्रिया सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारीको सूचना दिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र सँगको समझदारी अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि आफूले उम्मेदवारी दिएको बताउनु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु भएको छ भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्नु भएको छ । अहिले व्यवस्थापिका संसदमा देउवालाई प्रधानमन्त्री बनाउने निर्वाचन प्रकिया सुरु भएको छ । प्रधानमन्त्री पदका लागि देउवाको मात्र उम्मेदवारी परेकाले देउवा प्रधानमन्त्री हुने निश्चित भएको हो ।