पूर्वजनमुक्ति सेनाका डेपुटी कमाण्डर देउवा नेतृत्व सरकारका गृहमन्त्री

607
views

काठमाण्डौ, २४, जेठ । पूर्व जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर समेत रहेका जनार्दन शर्मा ‘प्रभाकर’ ले गृहमन्त्रीको सपथ ग्रहण गरेका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारका बेला उर्जामन्त्री बनेका शर्मा देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनेका हुन् ।
नवनियुक्त गृहमन्त्री जनाद्र्धन शर्मालाई प्रचण्डले ‘स्टार अफ दी क्याम्पेनर’ घोषणा गरेका छन् । मन्त्री छनौटका लागि बुधवार बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा प्रचण्डले शर्मालाई ‘स्टार अफ दी क्याम्पेनर’ घोषणा गरेका हुन् । बैठकमा सहभागी नेता मणि थापाले प्रचण्डको भनाई उद्दत गर्दै भन्नुभयो ‘जनाद्र्धन शर्मा हाम्रो स्टार अफ दी क्याम्पेनर हुनु भएको छ ।’
शर्माले उर्जामन्त्रालयको नेतृत्व सम्हालेपछि नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेका थिए । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि बर्षौदेखि लोडसेडिङ रहदै आएको मुलुकलाई लोडसेडिङ मुक्त गराइएको थियो । ‘कासन र शासन’ दुवै अनुभुति सम्हालेका गृहमन्त्री शर्माले के गर्लान ? धेरैको चासोको विषय बनेको छ ।