तराई मधेसमा हिंसात्मक गतिविधि काठमाण्डौमा बैठक

719
views

काठमाण्डौ, ३०, जेठ । राजपाले तराई मधेशमा अराजकता मच्याएपछि सरकारलाई टाउको दुखाईको विषय बनेको छ । तराई मधेसमा राजपाले आगजनि तोडफोड र निर्वाचन विथोल्ने गतिविधिलाई बढवा दिदैं गएपछि सत्तापक्ष र प्रतिपक्षलाई टाउको दुखाईको विषय बनेको हो । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका शिर्ष नेताहरु छलफलमा जुटेका छन् । तराई मधेशमा भइरहेको हिंसात्मक गतिबिधि नियन्त्रण र आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन सफल बनाउने उपायका बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भइरहेको छलफलमा उहाँ भने सहभागी हुनुहुन्न । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, काँग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छादार बैठकमा सहभागी हुनुहुन्छ ।