वीरगञ्जमा उग्रता मच्याउँदै राजपाका कार्यकर्ता

595
views

वीरगञ्ज, ३१, जेठ । राजपाका कायकर्ताले वीरगन्जको गण्डक चोकमा बुधबार बिहानै सडकमा टायर बालेर प्रदर्शन गरेका छन । संविधान संशोधनबिना सरकारले जर्बजस्ती स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै आन्दोलित राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका हुन् ।

वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक, बाइपासको नगवा, बाराको कलैया, परवानीपुर, जितुर लगायतका स्थानमा राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालल्दै चर्काचर्का नाराबाजी गरेका छन ।

संविधान संशोधन, स्थनीय तहको संख्या थप, मुद्धा फिर्ता लगायतका सहमति कार्यान्वयन नगरि चुनाव गर्न खोजेको भन्दै राष्ट्रिय जनता पार्टीले मङगलवारदेखि असार २ गते सम्मका लागि मधेस, थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान समेत गरेको छ ।

राजपाको आन्दोलनले पसलहरु बन्द छन् भने वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरु ठप्प छन् । वीरगन्जमा लामो दुरीका भाडाका सवारी साधन समेत चल्न दिएका छैनन् ।