पर्यटक केन्द्रित ‘ब्लु एञ्जल’ रिसोर्ट

794
views

पर्वत, ७ असार । पछिल्लो समय पर्वतमा पर्यटकीय सुविधालाई मध्यनजर गर्दै ठूला ठूला र आधुनिक रेष्टुराहरुको निर्माण कार्य भईरहेका बेला डेढ करोड रुपैयाँको लागतमा धौलागिरि अञ्चलकै पहिलो स्वीमिङ पुल सहितको रिसोर्टको निर्माण भएको छ ।
सदरकुमाम कुश्माका तीनजना युवाको संयुक्त लगानीमा कुश्मा नगरपालिका–४ को छमर्केमा उक्त रिर्सोट निर्माण भएको हो । ब्लु एञ्जल नाम दिएर निर्माण गरिएको उक्त रिसोर्टमा केही भौतिक संरचनाको केही काम बाँकी रहेपनि छिट्टै सञ्चालनमा आउने तयारी भइरहेको सञ्चालकहरुले बताएका छन् । असारको दोश्रो साता सम्पूर्ण काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको सञ्चालक आलोक श्रेष्ठको भनाई छ ।
धौलागिरिका पर्वत, मुस्ताङ, बागलुङ र म्याग्दी जिल्ला मध्ये पर्वतमा निर्माण भएको स्वीमिङ पुल सहितको रिसोर्ट यो नै पहिलो हो श्रेष्ठले भने उत्कृष्ठ र सुविदा सम्पन्न रिर्सोट सञ्चालनका लागि राजु शर्मा र विष्णुराज पुरीको लगानी रहेको छ ।’ सञ्चालक तीनैजना साउदी, बेलायत, कोरिया लगायतका स्थानको बसाईसँगै पर्यटक भित्र्याउन गर्नुपर्ने लगानीका बारेमा अनुभव बटुलेका छन् ।
उक्त रिर्सोटमा ७ फिट गहिराई, ७३ फिट लम्बाई र ३२ फिट चौडाई रहेको स्वीमिङ पुल, बाल उद्यान, चाइल्ड स्वीमिङ पुल समेत निर्माण गरिएको छ । मुस्ताङको मुक्तिनाथमा जाने तिर्थयात्रीहरुसँगै बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गरिए रिर्सोटको लागि सुविधाजनक भएको रिर्सोटका अर्का सञ्चालक राजु शर्माको भनाई छ ।
पर्वतमा मात्रै नभई मुस्ताङ जाने पर्यटकहरुको सुविदालाई मध्यनजर गरी बनाईएको उक्त रिर्सोटले पर्वतमा पर्यटक आकर्षण गर्न सकिने सञ्चालक विष्णुराज पुरकिो भनाई छ ।