बढ्दो भ्रष्टाचारको अन्त्य हुनुपर्छ–डा.भट्टराई

584
views

उर्लाबारी (मोरङ), ९, असार । मुलुकमा वयापत भ्रष्टाचारको अन्त्यका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई चिन्तित देखिएका छन् । उनले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुननसक्ने भन्दै मोरङमा आयोजित चुनावी सभामा यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्त रुपमा आज मोरङको उर्लाबारीमा आयोजित चुनावी कार्यक्रममा उनले भने– “विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेको छ त्यसको पनि अन्त्य गर्न आफ्नो पार्टीको लक्ष्य रहेको छ ।”
पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले आर्थिक विकास नगरी गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने उल्लेख गर्दै नयाँ शक्ति पार्टीले अवको दुई दशकसम्म आर्थिक समृद्धिको अभियान चलाउने बताए ।
निर्वाचन पनि एक प्रकारको युद्ध भएको बताउँदै उहाँले निर्वाचनको अभियानमा हिम्मतकासाथ लागिपर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । कार्यक्रममा नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबाट संयुक्तरुपमा उर्लाबारी नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिएका मनोहरी दाहाल र सावित्री याक्खाले नगरको समग्र विकासका लागि आफूहरु लागि पर्ने विचार व्यक्त गरे । मोरङमा बाङ्गाई धिमाल निर्वाचन परिचालन समितिको संयोजक रहेका छन् ।