हिड्दा हिड्दै मरेको राँगो मासुका लागि बिक्री

713
views

महेन्द्र जिसी
पर्वत, ९, असार । मोदी गाउँपालिका वाजुङबाट खरीद गरेर ल्याउँदै गरेको राँगो पातीचौर स्थित बाटैमा मरेपछि मासुका लागि विक्रि भएको छ । स्थानीय रमेश परियार मार्फत ३६ हजार ५ सय रुपैयाँमा कुश्मा नगरपालिका–७ का शोभाकान्त शर्माले खरीद गरेर ल्याएको रागो मरेपछि मासुका लागि विक्रि भएको हो । शुक्रबार विहान हिडाएर ल्याउँदै गर्दा बाटो मै मरेपछि १५ हजारमा स्थानीय मासु व्यवसायीलाई रागो खरीद गरेका हुन । शर्मा परिवारका अनुसार बाटोमा राँगो बसेपछि मरेका कारण स्थानीयले मासुका लागि खरी्द गरेर लगेका हुन । गाउँदेखी तीन घण्टा सम्म निरन्तर पैदल हिँडेपछि मरेका कारण रोगी नभई हिडाँईले मरेको भन्दी मासुका लागि रागो विक्रि भएको छ ।. बाग्लुङ–पोखरा सडक खण्डमा राँगो डोराउदै गर्दा बसेर मरेपछि विक्रि गरीएको । व्याठे रागोको रुपमा उपयोग गर्न खरिद गरीएको दुई वर्षे रागो मरेपछि मासु व्यवसायीकले घामले मरेको भनी खरीद गरेर लगेको पाईएको हो । मासु व्यवसायीको लापरवाहीलाई नियमीत अनुगमनको अभावका कारण मरेका पशुहरुको पनि विक्रि वितरण हुँदै आएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार आवश्यक स्वाथ्य जाँच हुन नसकेपनि हिडाईले मरेका कारण खान उपयुक्त हुनसक्ने जनाइएको छ । वरिष्ठ पशु विकास अधिकृत सुधिर थापाका अनुसार हिडाईले मरेको कारण रागोको मासु खान रोक नलागाईएको हो । थापाले लामो समय हिडेर मरेका कारण स्वाथ्य रहेको कारण कृषकहरुले आपसी मिलेमोतोमा खरीद गरेर मासुको लागि रागो लगेको बताउनुभयो ।