विराटनगरमा प्रमुख दलको शक्ति प्रदर्शन

755
views

विराटनगर, १०, असार । स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १ को एकमात्र महानगर विराटनगरलाई प्रतिष्ठाको विषय बनाएका प्रमुख राजनीतिक दलले शनिबार विराटनगरमा शक्ति प्रदर्शन गरेका छन्।
चुनावी घरदैलो, प्रचार प्रसार र फुटकर कार्यक्रममा केन्द्रित भएका दलले शनिबार भने दलबलसहित शक्ति प्रदर्शन गरेका हुन्। गठबन्धन गरेका नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम, नेकपा एमा

ले र नेपाल लोकतान्त्रिक फोरमले संयुक्त रुपमा राजनीतिक सभा गरेका छन्।
माओवादी र फोरमले हाटखोलामा आयोजना गरेको संयुक्त चुनावी सभामा संघीय फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापा बादल सहभागी हुनुहुन्थ्यो

। बादलले आदिवासी, जनजाति र पिछडिएको क्षेत्रको अधिकार रक्षका लागि नै संघीय समाजवादीसँग चुनावी तालमेल भएको बताउँदै भन्नुभयो, ‘यो चुनाव माथिका अधिकारलाई स्थानी तहमा स्थापित गर्नका लागि हो।’ बादलले जनताको अभिमतबाट विजयी हुने प्रतिनिधिले जनताकै लागि अधिकार स्थापित गर्नुपर्ने बताउनु भयो।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सभलाई सम्बोधन गर्दै यो चुनाव जनतलो अहिलेसम्म प्राप्त गरेको अधिकारलाई संस्थागत गर्ने अवसर भएको बताउँदै भन्नुभयो,‘चुनावले नै प्राप्त अधिकार रक्षा गर्छ।’ यादवले परिवर्तनकामी शक्ति भएकोले माओवादीसँग गठबन्धन गरिएको बताउनु भयो। एमाले र फोरम लोकतान्त्रिकले विराटनगरको गुदरीमोडस्थित बुधहाट चौकमा चुनावी सभा आयोजना गरेको छ। यसअघि तालमेल गरेका दलका कार्यकर्ता र समर्थकले नगरका विभिन्न भागबाट र्याली र जुलुस निकालेका थिए।
दलका केन्द्रीय अध्यक्षलाई दिनभरी धपेडी
नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली शनिबार दिनभरि निकै धपेडीमा हुनुहुन्थ्यो। उहाँले मोरङको उर्लाबारीदेखि विराटनगरसम्मका चुनावी सभालाई एकै दिन सम्बोधन गर्न भ्याउनु भयो। उर्लाबारी, पथरी, बेलबारी, विराटचौक र इटहरी हुँदै ओली विराटनगरको सभामा भाग लिन आउँदा साँझ ६ बजिसकेको थियो। ओलीले उत्तिकै जोसिलो पारामा भाषण गर्दै कार्यकर्तालाई समर्थकलाई जुरुक जुरुक्क उचाल्नु भयो।
ओलीले विराटनगरको एतिहासिक महत्व भएपनि यहाँ खाइखेली गरी हुर्किएका भनेर आफूलाई गर्व गर्ने नेताले नै यो ठाउँको विकास गर्न नसकेको आरोप लगाउँदै भन्नुभयो,‘मेरै सरकारको पालामा ५० करोड बजेट छुट्याई दिए महानगर बनाउन पनि एमालेले नै आन्दोलन गर्नु प¥यो।’ उहाँले कांग्रेसलाई कटाक्ष गर्दै ‘आँखा कमजोर भए चश्मा लगाउन मिल्छ तर भित्रै कमजोर भए केही गर्न मिल्दैन’। कांग्रेससँग देश विकास गर्ने भिजन नभएको ओलीको टिप्पणी थियो।

ओलीले एमाले मधेसी र जनजातिको अधिकार प्रति संवेदनशील रहेको र सबै भाषा, धर्म, सम्प्रदाय तथा जातिलाई उच्च सम्मान गर्ने पार्टी भएको बताउनु भयो। एमालेलाई मधेश विरोधी भनेर गलत प्रचार गरिएकोमा रोष प्रकट गर्नुभयो। उहाँले भन्नुभयो,‘एमाले मधेश विरोधी नभएर मधेशी जनताको अधिकार रक्षा गर्ने पार्टी हो।’
उप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार पनि शनिबार दिनभरि चुनावी कार्यक्रममा व्यस्त रहनु भयो। गच्छदारले मोरङका विभिन्न ठाउँमा भएका चुनावी कार्यक्रममा सहभागिता जनाएर साँझ विराटनगरको आमसभामा सम्बोधन गर्दै भन्नुभयो,‘संविधानलाई कार्यान्वयन गर्न र अधिकारलाई गाउँ गाउँसम्म लैजान चुनाव अपरिहार्य भएको छ।’ गच्छदारले एमालेसँग स्थानीय चुनावमा भएको तालमेललाई कतिपयले टिप्पणी गरेपनि वर्तमानममा यो आवश्यक रहेको बताउनु भयो।
संघीय समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विराटनगर र नजिकका गाउँपालिकाका राजनीतिक सभा तथा कार्यक्रममा शनिबार व्यस्त रहनु भयो। दिउँसो उहाँले विराटनगरमा भएको माओवादी केन्द्रसँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभयो। यादवले भन्नुभयो,‘चुनावले नै जनतामा आएको अधिकारलाई संस्थागत गनेैछ।’
कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधि, डा. शेखर कोइराल, मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायत नेता पनि दिनभरि नै व्यस्त हुनु भएको छ। उहाँहरु मोरङका गाउँपालिका र नगरपालिकामा भएका अलग अलग कार्यक्रममा सहभागी हुनुभयो।