दोस्रो चरणको निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

676
views

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी दिनुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले आइतबार एक विज्ञप्ति जारी गरी असार १४ मा हुने निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति भण्डारीले स्वीकृति दिएको जनाउनु भएको छ । चुनावमा सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद् र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति दिएको विज्ञप्तिमा जनाइएको छ ।
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ को व्यवस्था अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न सेना परिचालनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो ।