काँग्रेस सभापतिको घरमा रात कटाउँदा सिडियोको आलोचना

627
views

महेन्द्र जिसी
पर्वत, १६ असार । शिवीर सञ्चालन गर्न हुवास गएका सिडियो एकरातको बसाईले आलोचना खेप्न बाद्य बनेका छन् । नेपाली काँग्रेस पैंयूँ गाउँपालिकाका सभापति डम्बरबहादुर प्रधानको घरमा बास बसेकै कारण प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको तिव्र आलोचना बढेको हो । एकिकृत घुम्ती शिवीर सकिएको भोलिपल्ट हुवासमा सिडियोको तिव्र गुनासो गर्ने अवसर पाएका छन् । कुनै ब्यक्तिको घरमा बास बस्नु नराम्रो होइन तर बास बस्न आफ्नो मातहतका निकाय हुँदाहुँदै छानामाथि चारतारे झण्डा फरफराइरहेको घरमा बास बस्नु पदीय दायित्व बिर्सेको अनु्भुति भएको छ’ एक स्थानीयको भनाई थियो । झण्डै छ महिनासम्म इलाका प्रशासन कार्यालय हुवासबाट नागरिकता बितरण गर्न नसक्दा घुम्ती शिविर लैजान नसकेको जिल्ला प्रशासन कार्यालय पर्वतले इलाका प्रशासन कार्यालयमा नागरिकता बितरण गर्नका लागि अधिकृत खटिएपछि शिविर चलाएको हो । शिविरमा जम्मा ३२ वटा मात्रै नागरिकता बितरण गरिएको थियो । 

‘हुवासमा नियमित नागरिकता बितरण भइरहेको समयमा घुम्ती शिविरको नाममा लाखौ रुपैयाँ स्वाहा गर्नु राम्रो नभएको स्थानीहरुको भनाई रहेको छ । लोचना गरिएको छ ।
स्थानीयहरुले पार्टी निकटका प्रमुख जिल्ला अधिकारी रहेका कारण बास बस्न पार्टी कार्यकर्ताको घर खोज्दै हिडेको भन्दै आलोचना गरेका हुन । असार १४ मा सम्पन्न घुम्ती शिवीर सकिएपछि साँझ चारतारे झण्डामुनी बास बसेपछि पर्वतका कर्मचारीहरुमा समेत आलोचना बढेको छ ।
प्रमुख जिल्ला अधिकारी हुवासमा इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको आतिथ्यतालाई लत्याएर नेपाली काँग्रेस पैंयूँ गाउँपालिकाका सभापति डम्बरबहादुर प्रधानको घरमा बास बसेका थिए । २० दिनअघि पर्वतमा आएका पन्थी आर्थिक बर्ष समापन हुनै लाग्दा मध्य असारमा पर्वतको हुवासमा घुम्ती शिविर लिएर पुगेका थिए ।
उनले इलाका प्रशासन र इलाका प्रहरी कार्यालयमा बस्ने सुविधा हुँदा–हँुदै पार्टी प्रमुखको घरमा बास बसेपछि चौतर्फी आलोचित बन्न पुगेका हुन् । छानामा चारतारे झण्डा फरफराई रहेको घरमा प्रमुख जिल्ला अधिकारीको बसाईले गु