डोटीमा एमाले ५, कांग्रेस ४ र माओवादी केन्द्र १ तहमा बिजयी, डोटीका सबै स्थानीयतहको मत परिणाम सार्वजनिक

573
views

डोटी, १८, असार । डोटीका सबै स्थानीयतहहरुको मत परिणाम सार्बजनिक भएको छ । डोटीका नौ वटा स्थानीय तहहरु मध्ये पाँच वटा तहमा नेकपा एमाले, चार तहहरुमा नेपाली कांग्रेसले र एक तहमा नेकपा माओवादी केन्द्र बिजयी भएका छन् । प्रदेश नम्बर ७ कै पुरानो नगरपालिकाको रुपमा रहेको दिपायल सिलगढी नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । नेकपा एमालेका उम्मेदवार मञ्जु मलासी चार हजार चार सय १८ मतप्राप्त गरी बिजयी हुनु भएको छ भने उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका बाजीसिं खड्काले चार हजार एक सय ५२ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै तर्फवाट शिबराज खड्का चार हजार पाँच सय ३६ मत प्राप्त गरी बिजयी हुनु भएको छ भने उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसकै प्रशिस महराले चार हजार ९३ मत प्राप्त गर्नु भएको छ ।
डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ । नेपाली कांग्रेसका सिताराम जोशीले पाँच हजार तीन सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
त्यस्तै उपमेयरमा कांग्रेसकै धौलीदेवी रावल बिजयी हुनु भएको छ । रावलले पाँच हजार दुई सय ३५ मत पाउनु भएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका राधिका बोहराले चार हजार चार सय ७० मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी डोटीको पूर्बीचौकी गाउँपालिकामा एमाले बिजयी भएको छ ।

एमालेका उम्मेदवार दीर्घ बोगटीले तीन हजार ६ सय १५ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायले तीन हजार पाँच सय ६८ मत ल्याउनु भएको छ । त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकै निर्मला साउदले तीन हजार पाँच सय ८७ मत ल्याउनु भएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार माया देवी कुँवरले तीन हजार पाँच सय २८ मत प्राप्त गर्नु भएको छ ।
सायल गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वा्चित भएका छन् । नेकपा एमालेका तर्फवाट अध्यक्ष पदका उम्मेदवार तेजबहादुर डुम्रेल र उपाध्यक्षमा बिष्ना सिंह बिजयी हुनु भएको छ । डुम्रेलले दुई हजार ६ सय ३१ मत प्राप्त गरी बिजयी हुनु भएको छ भने उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका धर्मराज जोशीले दुई हजार हजार तीन सय १२ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेको तर्फवाट बिष्ना सिंहले दुई हजार सात सय २४ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी पुर्णमाया बिस्टले दुई हजार दुई सय ५८ मत प्राप्त गर्नु भएको छ ।
आदर्श गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वा्चित भएका छन् । नेकपा एमालेको तर्फवाट अध्यक्ष पदका उम्मेदवार टेकबहादुर रोकाय र उपाध्यक्षमा कमला देवी ओझा बिजयी हुनु भएको छ । रोकायले तीन हजार पाँच सय ३५ मत प्राप्त गरी बिजयी हुनु भएको छ भने उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिँहले दुई हजार सात सय ६ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेको तर्फवाट कमला देवी ओझाले तीन हजार पाँच सय ३६ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी कृष्णा ओझाले दुई हजार ६ सय ४२ मत प्राप्त गर्नु भएको छ ।
डोटीको केआईसिंह गाउँपालिकामा काँगे्रसको प्यानल सहित भारी मतले विजयी भएको छ । केआईसिंह गाउँपालिकाको प्रमुखमा काँग्रेसका लोकेन्द्रबहादुर शाहीले दुई हजार सात सय ६२ मतप्राप्त गरेर डोटीको स्थानीय तहमा विजयी सुरुवात गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज जोशीले एक हजार ७७ मत प्राप्त गर्नु भएको छ ।
गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार मिना विष्ट पनि भारी मतका साथ बिजयी हुनु भएको छ । उपाध्यक्ष मिना विष्टले दुई हजार पाँच सय ६२ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी लक्ष्मी जोशीले एक हजार सात सय १२ मत प्राप्त गर्नु भएको छ । सात वटा वटा वडा भएको सो गाउँपालिकाका सबै वडाहरुका वडा अध्यक्षदेखि सदस्य नेपाली कांग्रेसकै उम्मेदवारहरुले विजयी हासिल गरेका छन् ।
डोटीको बोगटान गाउँपालिकामा माओबादी केन्द्र बिजयी भएको छ । बोगटान गाउँपालिकाको प्रमुखमा माओबादी केन्द्रका कमल गडसिला ‘एनान’ दुई हजार ८९ मतप्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका टेक बमले एक हजार आठ सय आठ मत प्राप्त गर्नु भएको छ । गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार भगवती बम बिजयी हुनु भएको छ । उपाध्यक्ष बमले एक हजार आठ सय ९४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रेकी चित्रा भुलले एक हजार आठ सय ६८ मत प्राप्त गर्नु भएको छ ।
बड्डीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जित हात पारेको छ । अध्यक्ष पदमा कांग्रेसका कृष्णबहादुर चन्दले दुई हजार तीन सय २१ मतप्राप्त गरी विजयी हासिल गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भक्तबहादुर साउँदले दुई हजार आठ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै ईन्द्रादेवी भाट बोहराले दुई हजार दुइ सय २५ मत ल्याई जीत हात पार्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी भुबन बम मल्लले दुई हजार २८ मत प्राप्त गर्नु भएको छ ।
डोटीको जोरायला गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वा्चित भएका छन् । नेकपा एमालेको तर्फवाट अध्यक्ष पदका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहरा बिजयी हुनु भएको छ । ओझाले तीन हजार आठ सय ७४ मतप्राप्त गरी बिजयी हुनु भएको छ भने उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपककुमार बिष्टले तीन हजार दुई सय २८ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपाध्यक्षपदमा नेकपा एमालेको तर्फवाट जमुना बोहराले तीन हजार नौ सय ५९ मत प्राप्तगर्नु भएको छ भने उहाँका निकटम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी भावना बम ओझाले तीन हजार ४६ मत प्राप्त गर्नु भएको छ ।