नेपाली नायक शंकर लामिछानेले चाईनालाई लगाए संगिन आरोप

996
views

सचिन्द्र श्रेष्ठ
पर्वत, २१, असार । फिल्मी क्षेत्रबाट एकाएक उदायका चर्चित नेपाली नायक, संगीतकार तथा गीतकार शंकर लामिछानेले छिमेकी राष्ट्र चाईनालाई संगिन आरोप लगाएका छन् । लामिछानेले आफ्नो छैटौ तिजको एल्बम “झुक्कायो ऐना’ ले गित मार्फत यस्तो आरोप लगाएका हुन् । लामो समयदेखी अष्ट्रेलिया बस्दै आएका उनले “सब कुरा नक्कली बनायो चाईनाले’ मै राम्री हुन्थे झुक्यायो ऐनाले’ तिज गितमार्फत तिखो प्रहार गरेका हुन् ।
बजारमा ल्याएको उनको गितले शक्तिशाली राष्ट्र चाईना माथिकै मानमर्दनमा आँच पु¥याएको छ । नेपालीहरुको महान चाड हरितालिका तिजको अवसरमा उनले यस्तो गित बजारमा ल्याएका हुन् । आफ्नै शब्द सङगितमा बिन्दाबसिनी म्युजिक कम्पनी मार्फत बजारमा आएको उक्त गितमा चर्चित गायिका मेलिना राइर शंकर लामिछाने कै स्वर रहेको छ ।
गितको म्युजिक भिडियोमा चर्चित मोडेल तथा डान्सर पार्वती राइको निर्देशन तथा अभिनय शंकर लामिछाने र पार्वती राई कै रहेको छ । ‘किन लाग्छ माया’, ‘बोक्सी’ जस्ता चर्चित नेपाली फिल्मबाट चर्चा कमाएका नायक लामिछनेले यो गित बजारमा ल्याएपछि प्रतिबन्ध लगाउन सक्ने संकेत देखा परेको जनाइएको छ । संगितमा नयाँ र परिवर्तित आधुनिक शैलीमा श्रोता दर्शकमाझ प्रस्तुत हुने लामिछानेले चाइनाप्रतिको गुणस्तरियतामा किन शंका आरोप लगायो यसको नतिजा भने हेर्न बाँकी रहेको छ ।