काँग्रेस नेता गंगाधर तिवारीको लगानी मेयर पदमपाणी शर्मालाई

808
views

नवदृष्टि संवाददाता
पर्वत, २२, असार । नेपाली काँग्रेसका एक युवा नेताले गंगाधर तिवारी हार्नुको मुख्य कारण नगरपालिकाका मेयर पदमपाणी शर्मालाई गरेको लगानीले भएको सार्वजनिक गरेका छन् । फलेवास नगरपालिका–३ निवासी काँग्रेस समर्थक युवा नेता पोखराचौर केन्द्रका कमाण्डर समेत रहेका धन बहादुर थापा ‘राजु’ले धन बहादुर थापा ‘राजु’ नामको फेसबुक मार्फत यस्तो आरोप लगाएका हुन् ।
नेपाली काँग्रेसले देशव्यापी रुपमा पराजय भोगिरहेको र एमाले अगाडी आईरहेका बेला पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पर्वत फलेवास नगरपालिकको मेयर पदमा गंगाधर तिवारी हार्नुृको कारण उल्लेख गर्दै उनले लेखेका छन्–
‘गंगा दाईको निर्वाचन हार्नुको कारण’
गंगादाई गाउँमा आउँदा धेरैले चया खान पाउँथे र गफ सुन्थे । अनि केही एमाले माओवादीका नेता कार्यकर्ता पनि उनका अघिपछि लागेर हिँड्थे, रमाउँथे । अनि हामी स्वाभिमानी युवा कांग्रेसी के हो दाइ ? तपाईं एमाले र माओवादी मात्र लिएर हिँड्नु हुन्छ भनेर सोध्ने गथ्र्याैं । गंगादाई सगौरव भन्नूहुन्थ्यो भोलि भोट हामीलाई दिन्छन् ।
स्थानीय तह निर्वाचन आयो । दाई मेयर पदका उम्मेदवार बन्नुभयो । शंकरपोखरीबासी बहुत खुसी भए । आशा थियोे, यहाँका एमालेले पनि भोट हाल्छन् । निर्वाचनको दिन आयो, मलाई पार्टीले एमालेको पकड क्षेत्र लालक्षेत्र पोखराचौर केन्द्रमा कमान्डर बनाएर १५ जनाको टोली त्यहाँ पठायो ।
त्यहाँ देख्छु त हिजो गंगा दाईका बिश्वास पात्र, ज्वाइँ पनि पर्ने, ठुलो भवनको ठेक्का मिलाइदिएका मान्छे त बुरुक बुरुक उफ्रेका, हामी जानेका छौ भन्दै तरुण दलका जिल्ला सदस्य मदनका हजुरबुवाको मतपत्र खोसेर एमालेमा हालेका छन । मलाइ लाग्यो । ‘बरै गंगा दाईको लगानी पदमपाणी जि लाई पो भएछ ।’ यो यथार्थ हो, यसलाई तोडमोड नगरौं । उनले अन्त्यमा यो कुरा बुझ्न समेत गंगा तिवारीलाई आग्रह गरेका छन् ।