उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले दियो चेतावनी

673
views

एजेन्सी । उत्तर कोरियाले ‘ब्यालिस्टिक मिसाइल’ परीक्षण गरेपछि त्यसको प्रतिरोध गर्नका लागि सैनिक शक्ति प्रयोग गर्न सक्ने भन्दै अमेरिककाले कडा चेतावनी दिएको छ । राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले राष्ट्रसंघ सुरक्षा परिषदको बैठकका

क्रममा कोरियाली प्रायद्वीपमा बढ्दो तनाव अत्यका लागि प्रस्ताव दर्ता गराएकी छन् ।
राष्ट्रसंघ सुरक्षा परिषदमा उत्तर कोरियाको मिसाइल परीक्षणको कडा आलोचना समेत भएको छ । अमेरिकी रक्षामन्त्री जिम माटिस र जापानी समकक्षी तोमोमी इनादाले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई अस्वीकार्य भएको बताएका छन् ।
यता चीन र रुसले भने अमेरिकालाई संयमता अपनाउन आग्रह गरेका छन् । दुवै देशले यसअघि पनि उत्तर कोरियाको परीक्षण रोक्न र अमेरिकालाई दक्षिण कोरियामा तैनाथ गरेको थाड मिसाइल सिस्टम हटाउन आग्रह गरेका थिए ।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले भन्यो– ‘आवश्यक परेमा सैन्य शक्ति प्रयोग हुन्छ’