राजपा नेता स्वतन्त्रबाट बने लुम्बिनीको मेयर

628
views

भैरहवा, २२, असार । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका राजपाका केन्द्रीय समिति सदस्य मनमोहन चौधरी विजय भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका मनमोहन चौधरी ले ८ हजार १७५ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँले ७ हजार ३९ मत ल्याएका छन् ।
यसै गरि लुम्बिनीको उपमेयरमा संघीय फोरमकी उम्मेदवार जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत ल्याएकी छन् । विश्व सम्पदा सुचीमा समावेश लुम्बिनी क्षेत्र विशेष गरेर पर्यटकीय दृष्टिीले महत्वपुर्ण रहेको छ ।