भाजपाका प्रवक्ता भन्छन् ‘नेपाल दोस्त नम्बर १’

598
views

विराटनगर, ३० असार । भारतीय जनता पार्टी(बिजेपी)का प्रवक्ता शैयद सहनवाज हुसेनले नेपाल(भारतबीच रोटीबेटीको मात्रै नभई रगतको नाता रहेको बताएका छन्। उनले नेपाल आउँदा आफ्नै घरको आँगनमा आएको महसुस हुने पनि बताए।
‘नेपाल(भारतको सम्बन्ध मजबुत छ,’ मोरङ व्यापार संघले शुक्रवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै विजेपीका प्रवक्ता हुसेनले भने, ‘रोटीबेटीको मात्र होइन, हाम्रो रिस्ता रगतको हो।’ उनले मित्र बनाउन सजिलो भएपनि रोटीबेटी, धर्म र संस्कृतिको सम्बन्ध विश्वमै नेपाल–भारतजस्तो अरु कुनै छिमेकी मुलुकको नरहेको दाबी गरे। ‘नेपाल–भारतको जस्तो सम्बन्ध विश्वको अरु कुनै मुलुकको छिमेकी मुुलुकसंग हुनै सक्दैन,’ उनले भने, ‘त्यसैले नेपाल बारे चिन्तार चासो राख्नु भारतको फर्ज(अधिकार) हो।’ हुसेनका अनुसार भारतको नेपाल १ नम्बर दोस्त(साथी) रहेकाले दुबै देशविच भरोसाको सम्बन्ध छ। विजेपी प्रवक्ता हुसेनले नेपाल–भारतको सम्बन्धलाई कमजोर पार्ने तत्व पनि सक्रिय रहेको बताए। ‘त्यस्ता तत्वबाट समाधान रहनुस, यसले दुबै मुलुकको हित चाहदैन,’ हुसेनले भने, ‘हामीविचको सम्बन्ध अझ मजबुत हुनुपर्छ।’ उनले कुटनीतिक सम्बन्ध वाहेक पनि दुबै देशको जनताविच पारिवारिक, धार्मिक, व्यापारिक सम्बन्ध रहेकाले त्यसलाई कसैले टुटाउन नसक्ने दाबी गरे।
विहारका राजनीतिकर्मी हरि अग्रवालको निम्तोमा सीमावर्ती सहर किशनगञ्ज आएका विजेपीका प्रवक्ता हुसेन मोरङ व्यापार संघको आग्रहमा विहीवार सांझ विराटनगर आएका हुन्।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले दुई देशविचको सम्बन्धको चर्चा गर्दै आर्थिक, व्यापारिक र अन्य क्षेत्रमा भारतीय पक्षबाट देखिएको समस्या सुधारका लागि आग्रह गरे। सारडाको आग्रह सुनेपछि विजेपी प्रवक्ता हुसेनले नेपाल–भारतविचको व्यापार घाटा कम गर्न नेपालको सीमावर्ती सहरमा विवाह भवन, होटल र रिर्साट सञ्चालनमा ल्याउन आग्रह गरे।
‘विहारका रातीको भोजमा अहिले त्यति रौनक छैन,’ विहारमा भएको मदिराबन्दीतिर संकेत गर्दै उनले भने, ‘उनीहरु नेपालकै ‘पानी’ पिउन पसन्द गर्छन। त्यसैले होटल र रिर्सोट खोल्नुस विहारका धेरै कार्यक्रम नेपालमा गर्न सकिन्छ।’ उनले शराबबन्दीपछि विहारका धनाठ्यहरु थाइलैण्ड र अन्य मुलुकमा पारिवारिक कार्यक्रम गर्न थालेको उदाहरण दिदैं भने, ‘सस्तो र आरमदायी सेवा दिनुभयो भने विहारका पर्यटक नेपाल तान्न सकिन्छ।’
पूर्णियामा एयरपोर्ट, रेल्वेमा सुधार
भारतको सतारुद्ध दल विजेपीका ‘शक्तिशाली’ नेता समेत रहेका प्रवक्ता हुसेनले पूर्णियामा विमानस्थल बनाउनका लागि जग्गा अधिग्रहण भइसकेको जानकारी दिए। नेपालको सीमाबाट नजिकै रहेको पूर्णियामा जग्गा अधिग्रहण भइसकेपछि एयरपोर्टका लागि टर्मिनल बनाउने काम अगाडि बढाइने उनले खुशी हुँदै जानकारी दिए।
सीमावर्ती बजार जोगवनीमा रहेको भारतीय रेल्वेको प्लेटफर्मलाई देशकै सुन्दर स्थल बनाइने पनि हुसेनले जानकारी दिए। ‘जोगवनी रेल्वेको प्लेटफर्म गेट वे अफ इण्डिया पनि हो,’ उनले भने, ‘भारत कतिको सुन्दर र विकसित हो भन्ने देखाउनका लागि पनि जोगवनी स्टेशनलाई आकर्षक र सुन्दर बनाउन पहल गर्नेछु।’
विजेपीका प्रवक्ता हुसेनले नेपाली पक्षले राखेको मागको सम्बोधन गर्न सम्बन्धीत मन्त्रालयलाई पत्राचार गर्ने र भइरहेको प्रगतिका बारेमा समेत जानकारी दिने बाचा गरे । नागरीकबाट