शर्मा सहित तीन जनाविरुद्ध ११ अर्बको भ्रष्टाचार मुद्दा दर्ता, महत र ढकाल फरार

723
views

काठमाडौं, १, साउन । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा सहित तीन जानाविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले १० अर्ब ९६ करोड भन्दा भ्रष्टाचार गरेको भन्दै विशेषमा मुद्दा दायर गरेको हो । अख्तियारले कुल १०६९ फाइलमध्ये पहिलो चरणमा ४५ फाइलमाथि अनुसन्धान टुंग्याउँदै मुद्दा दर्ता गरेको हो । आयोगले शर्मा, कर फर्छौट आयोगका अध्यक्ष लम्बध्वज महत र सदस्य उमेश ढकाल विरुद्ध मुद्दा दायर गरेको हो । शर्मा अख्तियारको हिरासतमा छन् भने महत र ढकाल फरार छन् ।
उनीहरु विरुद्ध पेश गर्ने फाइल तयार गरी अख्तियारले शुक्रबार मुद्दा दर्ता गर्ने तयारी गरिएको थियो । फाइलको थप अध्ययन गर्नुपर्ने भएपछि अख्तियारले आइतबार मुद्दा दर्ता गरेको हो ।
कर फर्स्योट आयोगका अध्यक्ष महत, सदस्य ढकाल तथा सदस्य सचिव शर्माले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख राजश्व मिनाहा गराएका थिए । सोही विषयमाथि अनुसन्धान गर्दै अख्तियारले १८ जेठमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई कार्यालयबाट पक्राउ गरेको थियो ।