भारतमा १४ औं राष्ट्रपति चुनावको दौड

685
views

काठमाडौं, २, साउन । भारतले आज आफ्ना ेनयाँ राष्ट्रपति छान्दै छ । १४ औं राष्ट्रपति चयनका लागि आज संसदमा निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनबाट रामनाथ कोविन्द र विपक्षी कांग्रेस आई नेतृत्वको गठबन्धनबाट मिरा कुमार चुनावी प्रतिष्पर्धामा छन्। रामनाथ विहार राज्यका पूर्व गर्भनर हुन भने मिरा कुमारले लोकसभाको सभामुखको रुपमा काम गरिसकेकी छिन् ।
राष्ट्रपतिको निर्वाचनको लागि करिब ९५ जनाले उम्मेदवारी दिए पनि अन्तिम प्रतिष्पर्धी भने रामनाथ र मिरा कुमार मात्रै रहे । यी दुई मध्य भारत जस्तो ठुलो देशको राष्ट्रपतिको कुर्चिमा बस्न सफल को होला त ?
अहिलेसम्मको चुनावी अवस्था हेर्दा सत्तारुढ भाजपका उम्मेदवार रामनाथनै राष्ट्रपतिमा निर्वा्चित हुने बलियो सम्भावना छ । उनले राष्ट्रपतिमा लगभग ७० प्रतिशत इलेक्ट्रोल भोट ल्याउने आकलन गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोविन्दलाईृ राष्ट्रपतिको लागि अग्रिम बधाई दिइसकेका छन र उनले सरकारको तर्फबाट पूर्ण सहयोग हुने आश्वासन पनि दिएका छन्। उता कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले राष्ट्रपति निर्वाचनको लडाई जसरी पनि लड्नुपर्ने बताएकी छिन्। गान्धीले यसलाईृ संकृण, विभाजनकारी र साम्प्रादायिक सोच विरुद्धको लडाई भनेकी छिन् ।
राष्ट्रपतिको चुनाव आजै भए पनि मतगणना भने बिहिवार मात्रै हुने छ। भारतमा राष्ट्रपतिको भूमिका कार्यकारी नभए पनि राष्ट्र प्रमुख र संविधानको संरक्षकका रुपमा लिइन्छ ।
निर्वाचनमा भारतको केन्द्रीय संसद (दुवै सदन)का सदस्य र राज्यका विधान सभाका सदस्यहरु मतदाता हुने व्यवस्था छ।
प्रकाशित निर्वाचन कार्यक्रम अनुसार, आउँदो आइतवार निवर्तमान राष्ट्रपतिको विदाइ समारोह संसद् भवनको केन्द्रीय सभाकक्षमा हुनेछ । त्यसको दुई दिनपछि नव निर्वा्चित राष्ट्रपतिलाई प्रधान न्यायाधीशले शपथग्रहण गराउने छन् ।