निलम्बित महानिर्देशक चूडामणि शर्माबारे सर्वोच्चमा सुनुवाई

594
views

काठमाडौं, २, श्रावण । भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा भइरहेको छ । अख्तियारको प्रतिक्षामा महान्यायाधिवक्ता रमण श्रेष्ठले बहस गरिरहनु भएको हो । शर्माको आइतबार सुनुवाइ भए पनि समय अभावले नसकिएपछि अदालतले ’हेर्दाहेर्दैमा’ राखी सोमबार पुनःसुनुवाइका लागि तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो ।
अदालतका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरिरहेको छ । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।