काठमाडौं । नेपालले यू–१९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार बिहान भएको खेलमा उत्कृष्ट बलिङसँगै नेपालले मलेसियालाई ५ विकेटले हराएको हो । यद्यपि नेपालको सिंगापुरविरुद्धको खेलमा जस्तै ब्याटिङ भने मलेसियाविरुद्ध पनि खराब रह्यो ।
सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट ग¥यो । मलेसियाले निकै खराब सुरुवात गरेको थियो । पहिलो ओभरको पाँचौं बलमा नै किशोर महतोले पहिलो विकेट लिएका थिए । त्यसबेला मलेसियाले रन जोड्न सकेको थिएन । सैफुला मलिक र वीरदीप सिंहले दोस्रो विकेटका लागि २१ रनको साझेदारी गर्दै १२ औं ओभरको चौथो बलमा नेपाली टिमका कप्तान सन्दिप लामिछानेले मलिकलाई व्यक्तिगत ८ रनमा पभेलियनको बाटो देखाए । त्यसपछि पवन सरार्फले लगातार २ विकेट लिए भने सन्दिपले दोस्रो विकेट लिँदा मलेसियाले १३.५ ओभरमा मात्र २६ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुगेको थियो ।
मलेसियाका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । १० औं विकेटका लागि हाष्कल खैर र हफिजुद्दिनले १९ रनको साझेदारी गरे । तर, २५.५ ओभरमा सन्दिपले खैरको विकेट लिएपछि मलेसिया ५८ रनमा अलआउट भयो ।
मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दिप एक्लैले ५ विकेट लिए । उनले ८ दशमलव ५ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र १७ रन दिए ।
पवन सरार्फले ३ विकेट लिए भने किशोर महतो र सन्दिप सुनार ५९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको पनि ब्याटिङ धर्मराएको थियो । सो लक्ष्य पार गर्न नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाउन पुग्यो ।
नेपालको स्कोरबोर्डमा मात्र ८ रन हुँदा ओपनर सन्दिप सुनार ६ रनमा आउट हुन पुगे । उनले पहिलो खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।
नेपालका लागि आसिफ शेखले सर्वा्धिक २३ रन बनाए । उनले २० बलमा ५ चौका प्रहार गरेका थिए । नेपालका प्रनित थापा मगरले आक्रामक पारी खेल्ने क्रममा १२ बलमा ४ चौका र एक छक्कासहित १८ रनको योगदान दिए ।
नेपालका आदिल खान ५ रनमा, दिपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए भने अनिल साह शून्य रनमा पभेलियन फर्किदा रोहित कुमार पौडेलले चार रन जोडे ।