एसियाकै ठुलो भनिएको टुनीको रुख ढलेपछि रामरेखाका स्थानीय स्तब्ध

1328
views

भुमी सुवेदी
बागलुङ, ४, साउन । बागलुङको रामरेखामा रहेको दक्षिण एशियाकै ठूलो भनेर दावी गरिएको रुख मंगलवार बिहान ढलेको छ । टुनिको रुख ढलेपछि स्थानीय बासिन्दा स्तब्ध मात्र बनेनन् शोक समेत मनाएका छन् । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको टुनीको रुख ढलेपछि स्थानीय बासिन्दा अशुभ हुने भयले चिन्तित देखिएका हनु् । रुख ढले लगत्तै शोकमा रामरेखाका बासिन्दा मंगलबार कालीगण्डकीमा पुगेर नुहाएर निराहार बसेका छन् ।’ धार्मिक तथा प्राकृतिक रुपमा ऐतिहासिक पहिचान दिएको टुनीको रुख ढलेपछि प्रतिक्रिया दिदैं बागलुङ नगरपालिका–१ का अध्यक्ष तथा पुजारी दुर्गाबहादुर बोहोराले ‘ऐतिहासिक सम्पदा जोगाउन सकिएन, धरहरा जस्तो हाम्रो पहिचान गुम्यो भनेर बुढापाकादेखि तन्नेरी पुस्ता समेत दुखित बनेका छन् ।’ रामरेखाको महत्वपूर्ण सम्पदाको रुपमा रहेको यस रुखको सम्झनामा स्थानीय बासीले अबदेखि हरेक बर्षको साउन ३ गते शोक मनाउने निर्णय समेत गरेका छन् ।’ रुख ढलेपछि अशुभ नहोस् भनेर पुजाआजा गरियो, त्यस क्रममा झाक राख्दा हरेक बर्षको साउन ३ मा चोखो निस्तो खाने, मासु बारिने भएको छ,’ वडा अध्यक्ष बोहोराले भन्नुभयो, ढलेको रुखलाई पन्छाएर उक्त स्थानमा मन्दिर बनाउने बोहराले बताउनुभयो । फेरि अर्को टुनिको रुख रोप्ने बिषयमा छलफल गरिए पनि त्यो नरोप्न झाकबाट निर्देश आएकाले हामी त्यही अनुसार अघि बढ्ने उहाँको भनाइ छ । लिखित तथ्यांक नभएपनि उक्त टुनिको रुख ७ सय बर्ष पुरानो मानिएको छ । झण्डै सात पुस्तादेखि यो रुखको फेदमा सुन झाँक्री, ब्रम्हझाँक्री, मण्डलीको पूजा गरिंदै आइएको थियो भने अर्को छेउमा दोखलाको पुजाआजा गरिदै आइएको थियो ।