जुवा खलबाट लोक गायक पंगेनी पक्राउ

783
views

काठमाण्डौ, ४, श्रावण । लोक गायक वद्री पंगेनी जुवाखालबाट पक्राउ परेका छन् । मंगलबार राती काठमाण्डौको बाँसबारी क्षेत्रबाट जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय पठाएको पुरीले बताए । जुवा खेल हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताएका छन् । लोक गायक गायिकाहरुको संघमा समेत पंगेनी नेतृत्व तहमा छन् ।