प्रचण्डको घिडघिडो: वैद्य, विप्लव, बाबुरामसँग पार्टी एकताको उत्कण्ठा

638
views

नवदृष्टि संवाददाता
ललितपुर,४, श्रावण । स्थानीय तहको निर्वाचन परिणामपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्वका माओवादीसँग एकताको जोड गर्दै आएका छन् । बैद्य समुहबाट बादल समुहलाई मोड्न सफल प्रचण्डले अन्तिम समयमा भट्टराईलाई गुमाएपछि उनले एकताको तागत बुझेका छन् । प्रचण्डको पहिलो चाहना मोन वैद्य ‘किरण’ सँगको एकता नै देखिएको छ । तर, प्रचण्डको एकतालाई वैद्यले नौटंकी आरोप लगाउँदै आएका छन् । वैद्यले हरेक राष्ट्रिय भेला वा बैठकमा प्रचण्ड नेतृत्व

समेतको माओवादी केन्द्रलाई पुनरुत्थान पार्टीको संज्ञा दिदै आएका छन् । भने नेकपा नेतृत्व नेत्र विक्रम चन्द ‘विप्लव’ले समेत प्रचण्ड नेतृत्व पार्टीलाई संसदीय पार्टीहरुमा विलय भैसकेको आरोप लगाउँदै आएका छन् । भट्टराई समेतले नयाँ शक्ति नेपाल गठन र सोही पार्टीको दस्तावेजको अभियानमा लागिरहेका बेला प्रचण्ड एकताकै नामको घिडघिडोमा रहँदै आएका छन् । बुधबार ललितपुर थासीखेलमा आयोजित कार्यक्रममा स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेता–कार्यकर्ताले उन्मुक्ति नपाउने बताउँदै क्रान्तिकारीहरुको एकता अनिवार्य भएकोमा जोड दिए । प्रचण्डले भने माओवादी आन्दोलनबाट विभाजित भएर जानेहरुलाई ईंगित गर्दै कसैले पनि फुटको औचित्य पुष्टि गर्न सक्नुभएन। जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई एकताको बिकल्पै छैन भन्ने सन्देश दिए । उनले भने अब सबै माओवादी एक हुनुको बिकल्प छैन । अहिले चलिरहेको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपील गर्दैछौं । यसले एकताको वातावरण बनाउँछ भन्ने मेरो विश्वास छ ।’

६ दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
विभिन्न पार्टीका ६ दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गणेशबहादुर केसी, रामप्रसाद बजगाई, रमेश दाहाल, गुप्त बहादुर बराम, तीर्थराम महर्जन, नकुल महर्जन, रामबहादुर बिक, गोविन्द प्रसाद दाहाल, श्याम तामाङ, सुजाता केसी, कुबेर बस्नेत, राजन केसी, भीमसेन सत्याल, रमेश घिमिरे, रबिन्स घिमिरे केसी, बालकृष्ण तिमिल्सिना, विजय बाँस्कोटा, दमन केसी, चन्द्र घले, गौबिर थापा, लालध्वज खतिवडा, टंकमणि सत्याल, रमेश शाही, गुरुकूल महर्जन, शान्तिदेवी बज्राचार्य, शिबकुमारी खकुरेल, दिपाकुमारी पौडेल र भगवती बिष्ट रहेका छन् ।
एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
एमालेबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा कृष्णप्रसाद घिमिरे, केशवप्रसाद तिमिल्सिना, सुरेश घिमिरे, केपी न्यौपाने, हरिहर पाठक, सानुकाजी महर्जन, रुपेश धिमाल, कर्मा शेर्पा रहेका छन् । अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेहरुमा विनोद तिमिल्सिना, आशिषराज बस्नेत, भीमप्रसाद घिमिरे, अशोक महर्जन, ज्ञानकुमार महर्जन, श्यामकाजी महर्जन, सुरेश महर्जन, लवदेव अवस्थी, फडिन्द्र पाण्डे, छोटु लामा, जुनादेवी पराजुली लगायत रहेका छन् । माओवादी केन्द्र प्रवेश गर्ने नवआगन्तुक नेता–कार्यकर्तालाई पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी प्रवक्ता पम्फा भुसालले खादा र टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।