नेकपा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका लागि छलफल चलाउने

535
views

काठमाडौँ ८, साउन नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि छलफल चलाउने भएको छ। आइतबार पार्टीको बिस्तारित बैठकका बारेमा जानकारी दिन पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहितको राष्ट्रपतीय व्यवस्थाका बारेमा छलफल अगाडि बढाउने बताए।
‘१० वर्षमा १० वटा सरकार फेरिने व्यवस्थाबाट जनता वाक्क भैसके’, उनले भने, ‘जनताले स्थिर प्रकृतिको शासन व्यवस्था चाहेका छन्। त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था नै हो।’
उनले आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दालाई लिएर आन्दोलन गर्ने नभइ छलफल अगाडि बढाउने जानकारी दिए।
माओवादीको लोकप्रियतालाई देखेर हिजो केही दल प्रत्यक्ष निर्वाचित प्रणालीबाट भागेको भन्दै उनले अहिले माओवादी भन्दा अन्य दलहरु ठूला भएका कारण यसमा सहमति हुने सम्भावना रहेको बताए। ‘हिजो केही दलका केही नेताहरुलाई प्रत्यक्ष निर्वाचित प्रणली भयो भने प्रचण्डले नै जित्छ भन्ने डर थियो’, अध्यक्ष प्रचण्डले भने, ‘अहिले अवस्था त्यस्तो छैन्। जित्ने कांग्रेस–एमालेहरुले नै हो। त्यसैले मान्छन् कि भन्ने लागेको छ।’
वैद्य, विप्लव र बाबुरामलाइृ एकताको आह्वान
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीबाट छुट्टिएर गएका दलहरुलाई एकताका लागि आह्वान गरेका छन्। माओवादी शक्तिशाली भए पनि टुक्राटुक्रामा विभाजन भएका कारण शक्तिहीनजस्तो देखिएको भन्दै उनले वैद्य, विप्लव र र भट्टराईलाई एकताका लागि आह्वान गरे।
माओवादी केन्द्रले सबै माओ्वादी घटकहरुको एउटै केन्द्र बनाउँने निर्णय गरेको भन्ज्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादी पार्टी फुटदा प्रतिक्रियावादीहरुलाई फाइदा भयो। हाम्रा परिवर्तनका मुद्दा जोगाउन र शहिदका सपना पूरा गर्नका लागि सबैले गम्भीर भएर सोच्ने बेला आएको छ।’