पोखरा सस्तो बजारको चौकिल्लामा तालाबन्दी हुँदा करोडौं रुपैयाँको घाटा, देउवा सरकार मौन

1313
views

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकमा अवस्थित सस्तो बजारमा नेपाल वायु सेवा निगम क्षेत्रिय कार्यालय पोखराले आव्हान गरेको टेन्डर विवादका कारण २६ दिन तालाबन्दी हुँदा करोडौं रुपैयाँका दैनिक उपभोग्य वस्तुहरु सड्न थालेका छन् । लामो समयदेखी तालाबन्दी हुँदा व्यावसायिहरु पर्न थालेका छन् । लामो समयदेखी पोखरा सस्तो बजारम तालाबन्दी हुँदा देउवा नेतृत्वको सरकार समेत मौन रहेको पोखरा संघर्षसमितिले जनाएको छ ।
गत असार १७ गते देखी श्रावण ११ गतेसम्म पोखरा सस्तो बजारको चार किल्लामा तालाबन्दी गरिएको र त्यसबाट व्यावसायिहरु व्यापार गर्न पाउने अधिकारबाट बञ्चित मात्र नभई यहाँभित्र रहेका करोडौंका दैनिक उपभोग्य बस्तुहरु सड्ने, गल्ने, नष्ट हुँदा अपुरणीय क्षति पुगेको पोखरा सस्तो बजार संघर्ष समितिका संयोजक शुसिला थापाले बताईन् । करोडौं रुपैयाँको दैनिक उपभोग्य सामानहरु नष्ट हुँदा समेत देउवा नेतृत्वको सरकार मौन देखिएपछि व्यावसायिहरु आक्राषित बन्न थालेका छन् । पोखरा सस्तो बजार संघर्ष समितिले आज एक प्रेस वक्तव्य जारी गर्दै सम्बन्धिि सबैमा ध्यानाकर्षण गराएको छ ।
संयोजक शुसिला थापा मार्फत हस्ताक्षरीत प्रेस वक्तव्य मार्फत पोखरा सस्तो बजारको विषयमा २६ औं दिनसम्म तालाबन्दी भैरहँदा समस्या जटिल बन्दै गैरहेको छ । व्यावसायीहरु अत्यन्तै अन्यायमा परेका छन् । सम्वनिधत निकायले समस्यालाई मध्यनजर गरी बार्ता र संवादको विधिबाट समस्या समाधानको लागि सहजिकरण गरिदिनुहुन कास्की जिल्लामा क्रियाशिल राजनैतिक दल पो.ले.म. जिल्ला प्रशासन कास्की पो.उ.वा. संघ बस्तुगत व्यावसायि संसस्ंथाहरु, नगरविकास समिति कास्की, नागरीक समाज मानवअधिकारकर्मी पत्रकार सवै सरोकारवालाहरुलई बन्दताला खोली अविलम्ब वार्ताको माद्ययमबाट समस्या समाधानको पहल गरिदिनुहुन अपिल गरिएको छ ।