पर्वतका ६ सञ्चारमाद्यमलाई कम्प्युटर हस्तान्तरण

1056
views

पर्वत, १२, श्रावण । संसद एवं रेडियो दिदिबहीनीका अध्यक्ष कल्पना चापागाईले जिल्लाका ६ सञ्चारमाद्यमलाई कम्प्युटर हस्तान्त्रण गर्नुभएको छ । संसद विकास कोषको बजेट मार्फत सञ्चार गृहलाई कम्प्युटर ल्यापटप हस्तान्तरण गर्नुभएको हो । बुधबार एक कार्यक्रममा बिच संसद चापाँगाईले सञ्चार गृहको माग अनुसार प्रति सञ्चार गृह एक रहने गरी कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । जिल्लामा बढदो सञ्चार गृह र क्षेत्रलाई मध्यजनर गर्दै समाग्री वितरण गरीएको हो । कार्यक्रममा रेडियो पर्वतलाई एक थान कम्प्युटर कालिगण्डकी टेलिभिजनलाई एक थान कम्प्युटर कालीगण्डकी दैनिक र धौलागिरी पोष्ट दैनिकलाई एक एक थान कम्प्युटर हस्तान्तरण गरिएको हो । रेडियो कुशुम र सहारा न्युज दैनिकलाई एक एक थान ल्यापटप हस्तान्तरण गरीएको हो । सामान हस्तान्तरण गर्दै संसद चापागाईले आम जन समुदायलाई समाचारको माध्यमबाट जागरुक बनाउने सञ्चार गृहले भ्रामक समाचार प्रकाशन र प्रशारण नगर्न संसद आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा सञ्चार जगत विकासको मेरुदण्ड नभई सम्भावनाको खोजी गर्ने माध्यम पनि रहेका कारण यसको विकासमा सबै सरोकारवाला लाग्नु आवश्यक रहको बक्ताहरुले बताएका हुन । कम्प्युटर हस्तान्त्रण कार्यक्रममा जिल्ला समन्वय समितिका योजना अधिकृत रविन अधिकारी, नेपाल पत्रकार महासंघ पवतका पुर्व अध्यक्ष दुर्गा शर्मा, महासंघ वर्तमान सचिव गणेश गिरी लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन रेडियोका समाचार प्रमुख विष्णु गौतमले गर्नुभएको हो ।