युगल जोडिले गरे नेपालकै अग्लोपुलबाट हाम फालेर आत्महत्या

1461
views

पर्वत, १५, श्रावण । नेपालकै अग्लो झोलङ्गे पुलबाट एक युगल जोडीले रहष्मय तरीकाले हाम फालेर आत्महत्या गरेका छन् । शनिवार बेलुका ज्ञादी साईडको एक होटलमा चिसो खाँदा निकै हर्षित बनेको बताईने उक्त युगल जोडीले कुश्मा–ज्ञादी झोलुङ्गेपुलबाट हाम फालेपछि घटना आश्र्चयमय बनेको छ । युगल जोडीको शवलाई मोदीको किनारबाट ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मधुकर विष्टले जानकारी दिए । विष्टले भने ‘शनिवार ज्ञादी साईडको स्थानीय एक पसलमा चिसो तथा खाजा खाँदा निकै हर्षित बनेको उक्त जोडी बेलुका हाम फालेपछि घटना आश्र्चयमय बनेको हो ।’ अग्लोपुलबाट हाम फालेको उक्त जोडी काठमाण्डौको रहेको जानकारीमा आएपनि सबै विवरण खुलिनसकेको विष्टले जनाएका छन् । गएराति आठ बजेतिर हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।