सरकारले ११ जना प्रहरी नायब महानिरीक्षक डीआईजी एआईजीमा बढुवा, सूचीसहित

622
views

काठमाडौं, १९ साउन सरकारले ११ जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० लाई प्रहरी अतिरिक्त्त महानिरीक्षक ९एआईजी० मा बढुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको बैठकले बढुवा समितिको सिफारिसका आधारमा ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।
एआईजीमा बमबहादुर भण्डारी एक नम्बरमा बढुवा भएका छन् भने दोस्रो नम्बरमा जयबहादुर चन्द परेको छन्।
यस्तै, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द, र विजयकुमार भट्ट पनि एआईजीमा बढुवा भएका छन्।
यसअघि, बढुवा समितिले गत असार ३० गते ११ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको थियो।
सरकारले ९ जनाको दरबन्दी रहेको एआईजीको दरबन्दलाई बढाएर ११ पुर्योएको थियो। डीआईजीको पहिलो नम्बरमा रहेको नवराज सिलवाल भने एआईजीको बढुवाको सूचीमा परेका थिएनन्।