परिणाममा रेणु दाहाल विजयी, नैतिक रुपमा ज्ञवाली विजयी

602
views

अमृत चापागाई
चितवन, २१, श्रावण । भरतपुर महानगरपालिका प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी छिन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाह विजयी भएकी छिन् । दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले हराईन् ।
मतगणनाका क्रममा वडा नं ६ मा झिनो मतले अग्रता लिएपनि पुनः पछाडि परेकी दाहाल महानगरको अन्तिममा अन्तिम मतपरिणाम अनुसार रेणु दाहालले ४३१२७ मत प्राप्त गरेकी छिन् भने एमालेको तर्फबाट उम्मेदवार देवी ज्ञवालीले ४२,९२४ मत पाएका छन् । उपमेयर पार्वती शाहले ४७१९७ प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी उम्मेदवार दिब्या शर्मा आचार्यले ३९५२५ मत प्राप्त गरेकी छिन् ।