पोखराबाट दमौली जाँदै गरेका दुई व्यक्ति पेस्तोल सहित पक्राउ

652
views

मौली, २४,  श्रावण । दमौली बजारबाट आज प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा व्यास न पा–१० का रवीन्द्र गिरी र लम्जुङ मध्यनेपाल नगरपालिका–१ का शिवराज गिरी छन् ।
ना ४४ प ४१६५ नम्बरको मोटरसाइकललाई पोखराबाट दमौली आउने क्रममा मादीपुल नजिक पृथ्वीराजमार्ग सडकखण्डमा सुरक्षामा खटिएका प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट अमेरिकामा निर्मित ७१७१ नं। लेखिएको नाइन एमएम पेस्तोल एक थानबरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।