चीनमा चौबिस घण्टामा ६.३ म्याग्नीच्यूडको दुई भूकम्प

1215
views

विविसी । चीनमा चौबिस घण्टाभित्र दोश्रो भूकम्प गएको छ । पछिल्लो भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको र सीनजियाङ प्रान्तमा कजकस्तान सँगको सीमा नजिकै केन्द्रविन्दु रहेको बताइएको छ । भूकम्पले पुर्याएको क्षतिको खबर प्राप्त भएको छैन । त्यस अघि दुर्गम हिमाली भेगमा ७ म्याग्नीच्यूडको भूकम्प जाँदा कैयौं मारिएका र घाइते भएका छन् ।
केन्द्रबिन्दु
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार छिरलिएको जनसंख्या रहेको चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा गएको भूकम्पको केन्द्रविन्दु लोकप्रिय पर्यटकीय केन्द्र नजिकै रहेको छ । चीनको प्रकोप व्यवस्थापन सम्बन्धी निकायलाई उदृत गर्दै एफएपपी समाचार संस्थाले लेखेको छ( १०० जना जति मारिएका हुन सक्छन् र १,३०,००० घरमा क्षति पुगेको छ । चिनियाँ सञ्चार माध्यमले मारिनेमा पर्यटक पनि परेको जनाएका छन् ।
सिचुवान प्रान्त भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। यहाँ सन २००८ मा आएको भूकम्पमा ७० हजार मारिएका थिए । तस्बिरहरुमा एउटा होटेल लगायत भवनहरुमा पुगेको क्षति देखिएको छ ।
चेङ्दु
यहाँ चीनको एउटा प्रख्यात प्रकृति संरक्षण क्षेत्र र एउटा युनेस्को विश्व सम्पदा क्षेत्रपनि पर्छ । मृतकको संख्या बढ्न सक्ने बताइएको छ । राष्ट्रपति सी जिनपिङले उद्दार कार्य प्रभावकारी बनाउन र घाइतेहरुको उद्दारका लागि हर प्रयत्न गर्न आह्वान गरेका छन् । भूकम्पको धक्का ७०० किलोमीटर टाढाको सियान र चेङ्दुमा पनि महसुस गरिएको बताइएको छ ।