दुईछोरा एकछोरीका बाउ कस्तुपले ल्याए झुम्रे ज्वाँई

1442
views

सन्दिप पाठक
पर्वत, २५, श्रावण । एक छोरी दुईछोराका सन्तान रहेका चर्चित कलाकार कस्तुप पन्तले ‘झुम्रे ज्वाँई’ ल्याएपछि बजार हंगामा भएको छ । पन्तका परिवार, ईष्टमित्रसँगै उनका शुभचिन्तक र श्रोता दर्शकले समेत झुम्रे ज्वाँईको विषयमा कौतुहलता जनाएका छन् । पन्तले हरितालिका तिजको अवसरमा ‘झुम्रे ज्वाँई’ तिज गित एल्बम बजारमा ल्याएका हुन् । पन्त र देवी घर्तिको स्वरमा सजिएको ‘झुम्रे ज्वाँई’ले निकै चर्चा कमाएको छ । उक्त गितमा शव्द तथा लय पन्तकै रहेको छ । ‘कुरा खाटी छ बुढा कुरा खाटी छ ज्वाँई झुम्रे परेछन् छोरी बाठी छ ।’ बोलको गितले बजार हंगामा मच्याएको हो । उक्त गितमा अभिनय सुरविर पण्डित र राधा लम्सालले गरेका छन् भने वाल कलाकार आश्चर्य पन्त समेतले अभिनय गरेका छन् । ‘झुम्रे ज्वाँई’ गितलाई सारथी म्युजिक कम्पनीले बजारमा ल्याएको हो । उक्त गितलाई युटुव च्यानलमा छोटो समयमा दुईलाख ९३ हजार एकसय ४२ जनाले हेरीसकेका छन् ।