मेरो माइक्रोफाइनान्सका सेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश

601
views

नवदृष्टि न्युज रोम । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस सेयर र १२.१०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावीत लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ९ करोड २८ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको थियो । २२ करोड चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको बोनसपछि चुक्ता पूँजी २८ करोड ६० लाख पुग्नेछ ।