भारतको विभिन्न नाकाबाट आउने बिजुलीको भाउ सस्तिने

2250
views

नवदृष्टि संवाददाता
काठमाण्डौ, २६, साउन । नेपाल विद्युत् प्रधिकरणले भारतको विभिन्न नाकाबाट आयात गरिरहेको बिजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ । नेपाल –भारत विद्युत् आदान – प्रदान समिति (पीईसी) को मंगलबार सम्पन्न बैठकले आगामी ७ महिनाका लागि विभिन्न १२ वटा नाकाबाट आयातित बिजुलीको नयाँ दर कायम निर्णय गरेको हो । ५ वर्षदेखि नेपालले प्रयास गर्दापनि बस्न नसकेको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारत पूर्वसन्ध्यामा भारतीय पक्षको सक्रियता बसेर यस्तो निर्णय गरेको हो ।
बैठक नबस्दा विगत ६ वर्षदेखि टनकपुर र ढल्केबर –मुज्जफरपुर प्रैसारण लायनबाहेकका अन्य नाकाबाट आयत गरिएको विद्युत्को भाउ प्रत्येक वर्ष ५.५ प्रतिशतका दरले वृद्धि हुदै आएको थियो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक केुेलमान घिसिङ र भारतीय केन्द्रिय विद्युत् प्राधिकरणका प्रतिनिधिबीच भएको पिईसी बैठकले ११ केभी, ३३ केभी, र १३२ केभी वितरण लाइनमार्फत आउने विद्युत्को भाउ सस्तो भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।