पर्वत जिल्ला अस्पतालमा सरकारी औषधी पसल सञ्चालन

1498
views

महेन्द्र जिसी
पर्वत, २७, श्रावण । पर्वत जिल्ला असपतालले सरकारी औषधी पसल सञ्चालनमा ल्याएको छ । अस्पतालले मेडीकलहलहरुले चर्को सेवा सुविधा लिंदा बिरामी मारमा परेको भन्दै सरकारी औषधि पसल सञ्चालनमा ल्याएको हो । फार्मेसीले विरामीहरुलाई सहज तुल्याएको हो । सरकारी औषधी पसल र साझा औषधी पसल मार्फत अस्पताल हाताभित्रै औषधि विक्री कक्षा सञ्चालनमा आएका कारण विरामीहरु औषधीका लागि मेडिकलहरुमा जान नपर्ने अस्पताल व्यवस्थापन समीती अध्यक्ष राधा कुँवर क्षेत्रीले जानकारी दिनुभयो । दैनिक एकसयको हाराहारीमा विरामीहरु अस्पतालमा आउने गरेकोमा ७० देखी ८० जनाले अस्पताल कै फार्मेसीबाट औषधी खरीद गर्ने गरेको अस्पतालले जनाएको हो । अस्पताल फर्मेसीका ईन्चार्ज सम्राट पौडेलले विरामीहरुलाई प्रति औषधिको मुल्यको ७ प्रतिशत छुट दिने गरेको बताउनुभयो ।
औषधिमा दिइएको छुट र विरामीको स्वाथ्यप्रतिको जवाफदेहिताका कारण विरामीहरुले सरकारी फार्मेसी मार्फत सेवा लिने गरेको अस्पतालले बताएको हो । सरकारी औषधी पसल सञ्चालनमा आएपछि मेडिकलमा औष्धी खरिदने विरामीहरु घटेको अस्पतालका प्रमुख डा. बुद्धि बहादुर थापाले बताउनु भयो ।