काठमाण्डौ, २८, श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनाद्र्धन शर्मासहित तिनवटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाएका छन् । देशका विभिन्न ठाउँमा आएको बाढी–पहिरोको चपेटामा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्रता दिने क्रममा अहिले साँझ ५ बजे गृहमन्त्री, गृहसचिव, तीन सुरक्षा निकायका प्रमुख, गृह मन्त्रालयको दैवी प्रकोप उद्धार महाशाखाका प्रमुख र अन्य सम्बन्धित अधिकारीहरूसँग बालुवाटारमा छलफल गर्न बोलाइएको प्रधानमन्त्री देउवाको नीजि सचिवालयले जनाएको छ । बाढी पहिरोको क्रममा बिभिन्न जिल्लामा ३० जनाको निधन भइसकेको छ भने लाखौ मानिसहरु प्रभावित भएका छन् ।