चितवनको पर्यटकीय क्षेत्र सौराहा डुब्यो

757
views

चितवन २९, साउन स् शनिबार साँझ ७ बजेदेखि लगातार परेको पानीले चितवनको पर्यटकीय क्षेत्र सौराहा डुवानमा परेको छ । राप्ती नदि र ढुंग्रे खोलामा आएको बाढीका कारण सौराहा डुवानमा परेको हो । बाढीबाट सौराहका पर्यटकीय स्थल, होटल तथा त्यस क्षेत्रका गाउँहरु डुवानमा परेका छन् ।
बाढीले सौराहाका होटलमा पार्किङ गरिएका ३ वटा गाडी समेत बगाएको छ । सौराह क्षेत्रमा करीब सात सय पर्यटक रहेको र उनीहरु सुरक्षित रहेको स्थानीयले बताएका छन् । बाढीबाट सौराह क्षेत्रका बथौली, मालपुर, जनकौली, लोखन्ती, बद्रहनी, सिशुवार, दोरङ्गी लगायतका गाउँहरु डुवानमा परेका छन् ।
पश्चिम चितवनका सिमलढाप र घैलाभारी गाउँ समेत डुवानमा परेका छन् । त्यसैगरी लगातारको वर्षाका कारण भण्डारास्थित लोथर खोलाको बाँधमा पानीको सतह बढेका कारण पूर्वी चितवनमा पनि बाढीको जोखिम बढेको छ ।