चेल्सीलाई बर्नलीले ३–२ ले पराजित

636
views

काठमाडौं २९ श्रावण । इंग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन चेल्सीले खराब सुरुवात गरेको छ ।
शनिबारराति भएको यो सिजनको आफ्नो पहिलो खेलमा चेल्सीलाई बर्नलीले ३–२ ले पराजित गरेको हो ।
खेलको सुरुमै चेल्सीका कप्तान ग्यारी काहिलले रातो कार्ड खाएपछि घरेलु टोली १० चेल्सी खेलाडीमा सीमित भएको थियो ।
त्यसलगत्तै बर्नलीका लागि साम भोक्सले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यपछि स्टेफेन वार्ड र भोक्सले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा नै चेल्सी ३–० ले पछि परेको थियो ।
दोस्रो हाफमा चेल्सीका लागि अल्भारो मोराटाले एक गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर मिडफिल्डर सेस फाब्रिगास दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो ।
यसपछि पनि दबाब बनाएको चेल्सीका डेभिड लुईजले एक गोल गर्दै अन्तर ३–२ मा झारे । त्यसपछि कुनै गोल हुन सकेन र चेल्सी पराजित भयो ।

अर्को खेलमा म्यान्चेस्टर सिटीले प्रिमियर लिगको नवप्रवेशी टोली ब्राईटन एण्ड होभ आल्बियोनलाई २–० ले हराउँदा अर्को नवप्रवेशी टोली हडर्सफिल्ड टाउनले क्रिष्टल प्यालेसलाई ३–० ले हरायो ।
वेष्ट ब्रोमले बर्नमाउथलाई १–० ले हराउँदा साउथह्याम्पटन र स्वान्सी सिटीले गोलरहित बराबरी खेलेका छन् । प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपुललाई वाट्फोर्डले ३–३ गोलको बराबरीमा रोक्दा एभर्टनले स्टोक सिटीलाई १–० ले हरायो ।