नुवाकोट जिससमा काँग्रेसको प्यानलले गर्यो पदभार ग्रहण

826
views

गमला लामा
नुवाकोट । जिल्ला समन्वय समिति, नुवाकोटका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन । नवनिर्वाचित समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुखमा अप्सरा थापा, सदस्यहरुमा गणेस शाही, रामसिंह तामाङ, अभिनव फुयाल, माया शेर्पीनी, सम्झना सेढाई धनमाया तामाङ, सुविना प्रधानले पदभार ग्रहण गरेका हुन् । सपथग्रहण कार्यक्रममा पुर्वअर्थमन्त्री एवम सांसद रामशरण महतले राज्य पुर्नसंरचना भएर स्थानीय तहको चुनाव सम्पन्न भई जननिर्वाचित प्रतिनिधि पाएकोमा खुशि व्यक्त गर्दै अधिकार सम्पन्न स्थानीय तहले नागरिकका हर आवश्यकता पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । साथै उहाँले नागरिक सेवाबाट बञ्चित हुनुपर्ने दिनको अन्त्य भएको दावी गर्नुहुदै छिटो, छरितो र सर्वसुलभ जनसेवा प्रदान गर्नु आफ्नो सुझाव दिनुभएको छ ।
यस्तै कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जील्ला अधिकारी जगदिशराज बरालले १५ बर्ष कर्मचारीले निकै कष्टपूर्ण तरिकाले राज्यका निकाय सञ्चालन गरेकोले जननिर्वा्चित पदाधिाकरीबाट नागरिकको कार्य चुस्त र दुरुस्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति, नुवाकोटका प्रमुख सन्तबहादुर तामाङले कानुन र संविधानले निर्दिष्ट गरेका अधिकार प्रयोग गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाले नागरिकलाई सु–शासनको प्रत्याभूति गर्ने गरी कार्यसम्पादन गर्ने र जिल्ला समन्वय समितिबाट प्रवाह हुने सबै सेवामा पारदर्शीता कायम गर्ने बताउनुभयो ।कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामा तामाङ, नेपाली काङ्ग्रेस जील्ला सभापति जगदिश्वरनरसिंह केसी, जिल्ला समन्वय समिति नुवाकोटका स्थानिय विकास अधिकारी केशरबहादुर पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उनीहरु गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नुवाकोटका विभिन्न गाउँपालिका तथा नगरपालिकाका वडाहरुबाट सदस्यमा विजयी भएका थिए । जिल्ला समन्वय समितिको प्रमुख, उप–प्रमुख र सदस्यहरु गरी ९ जना पदाधिकारी छान्दा निर्वाचित वडा–सदस्यहरुबाट छान्नुपर्ने प्रावधान छ । सोही प्रावधान अनुसार भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका पदाधिकारीहरु उम्मेद्वारी दिएका सबै ९ जना विजयी भएका थिए ।