समाज विकासका लागि सामुहिक दरखाने कार्यक्रम गर्दै सिमखेत युवा क्लव

1272
views

अन्जित सुवेदी
भदौ, २, पर्वत । सामुहिक फलेवास नगरपालिका–३ मा स्थापित सिमखेत युवा क्लबले तिजको अवसरमा महिला दिदीबहिनीहरुका लागि दरखाने कार्यक्रमको आयोजना गरेको छ । समाज विकासमा फुटेर होईन् जुटेर विकास गर्नुपर्दछ भन्ने उद्वेश्यले नवनिर्वाचित फनपा ३ का अध्यक्ष सहितको उपस्थितिमा क्लवले दरखाने कार्यक्रमको आयोजना गरेको हो । विशेष त आमा समुह, दिदीबहिनीहरुलाई आमन्त्रण गरी श्री जनसहयोगी माद्यमिक विद्यालयमा शनिवार दरखाने कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष भरत कार्कीले जानकारी दिए ।
हिन्दुहरुको महान पर्वहरुलाई सामुहिक रुपमा मनाउदा समाजमा भाईचाराको विकास हुने, करिित विसंगति र समाजमा रक्सि खाने बानी व्यवहार भएकाहरुलाई समेत सुधार गर्न सकिने र मजदुरी गरेर जीवीको पार्जन गर्ने भाईबन्धुलाइ समेत सचेतना जगाउने सकिने भन्दै सामाजिक अभ्यास थालेको क्लवका उपाध्यक्ष भगवती कार्कीले बताईन् ।
समाज विकासमा पाकापुरानाबाट पाठ सिक्ने र युवा शक्तिमा सामाजिक उत्तरदायित्व सुम्पिन सामाजिक पर्वलाई सामाजिक रुपमा मनाउने निर्णय अन्र्तगत हरितालिका तिजको अवसरमा दरखाने कार्यक्रमको आयोजना गरिएको क्लवका सदस्य ईन्द्र कार्कीले बताए ।
रोजगारीका शिलसिलामा आफुहरु विदेश रहँदा पनि नेपाली गाउँका कुनाकन्दराका युवाहरुले सामुहिक कार्य गर्दा उत्साह उमङग र स्वदेश नै प्यारो लाग्ने क्लवका सल्लाहकार कमल क्षेत्रीले बताए । क्षेत्रीले युवाशक्तिले लिने लागेको समाजविकासको दायित्वमा देशविदेशबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।