पर्वतका तीन विद्यालयमा भर्चुअल कक्षा सञ्चालन

739
views

महेन्द्र जिसी,
भदौ, ३, पर्वत । पर्वतका तीन विद्यालयले भर्चुअल कक्षा सञ्चालन गरी विद्यार्थीलाई पठनपाठन गराउँदै आएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्र मार्फत भर्चुअल कक्षा सञ्चालन गराएर अध्यापनको पहुँच विस्तार गरीएको छ । जिल्लाको मोदी गाउँपालिका–५ सरस्वती मावि, नवज्योति मावि भुकताङ्ले र जनसहयोगी मावि शंकरपोखरीमा भर्चुअल क्लास संचालन गरिएो ति विद्यालयहरुले जनाएका छन् ।
केन्द्रका शिक्षकहरुले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था गरी प्राविधिक कक्षा सञ्चालनमा ल्याइएको हो । गत शैक्षिक सत्रदेखी सञ्चालनमा आएको भर्चुअल कक्षामा टेलिभिजन सेट सहितका उपकरण जडान गरेर प्रशिक्षण गराईदै आएको हो ।
देशका तथा विदेशका विभिन्न विश्व विद्यालयमा पढाइएका पाठ विद्यार्थीहरुले प्रत्येक्ष हेर्न सुन्न र ईन्टर नेट मार्फत अध्ययन गराउँदा विद्यार्थीहरुले धेरै ज्ञान हासिल गर्न सकेको विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन ।
दैनिक ४९ मिनेटका तीनवटा भर्चुृअल कक्षा सञ्चालन हुँदै आएको जनसहयोगी माविका प्रधानाध्यापक गणेश बहादुर थापाले जानकारी दिनुभयो । थापाले केन्द्रका शिक्षकहरुले अध्यापन गराएको विद्यार्थीहरुले प्रत्यक्ष रुपमा हेरेर वा सुनेर कक्षा सञ्चालन गराईएको बताउनुभयो । विषय मार्फत थप जानकारी खोज्न र विध्यार्थीलाई स्पष्ट पान भर्चुअल कला उपयोगी बनेको थापाले बताउनु भयो ।
विद्यालयका अनुसार अंग्रेजी, गणित, विज्ञान, सामाजिक, जनसंख्या र स्वाथ्य तथा शारीरिक शिक्षाका कक्षाहरु नेट मार्फत सञ्चालन हुन लागेका हुन । काठमाण्डौमा शिक्षकले पढाएको पाठ, विद्यालयको टिभीमा हेर्न, सुन्न र सिक्न पाउँदा विद्यार्थीहरु उत्साहीत भई कक्षामा सहभागि हुने गरेको सरस्वती माविका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेलले बताउन भयो । प्रविधिले पूरक ज्ञान तथा सिकाइमा विविधता प्रदान गर्ने भएका कारण विद्यार्थी र शिक्षक विच दोहोरो अन्तरक्रिया गर्नको लागि टेवा पुगेको छ पौडेलले बताउनु भयो ।