नेपाल र माल्दिभ्स आज भिड्दै

1923
views

काठमाडौं  ५, भदौ । नेपालमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा आयोजक नेपालले आज पहिलो खेल खेल्दैछ ।
माल्दिभ्स विरुद्धको खेलमा विजयी भए नेपाल सेमिफाइनलमा पुग्नेछ । तीन टोली सम्मिलित समूह ‘बी’को पहिलो खेलमा भारतले माल्दिभ्सलाई ९–० को फराकिलो अन्तरले हराएको थियो । त्यसैले आजको खेलमा विजयी भएको खण्डमा माल्दिभ्सको यात्रामा पूर्ण्विराम लगाउँदै नेपालले भारत विरुद्धको खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
यता, समूह ‘ए’बाट भुटान र बंगलादेश समूहको अन्तिम खेलमा आपसमा भिड्नुअघि नै सेमिफाइनलमा पुगेका छन् । लगातार दोस्रो खेलमा पराजित हुँदै श्रीलंका बाहिरिएपछि भुटान र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् ।
पहिलो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको श्रीलंका आइतबार भएको दोस्रो खेलमा भुटानसँग ६–० ले हारेको हो ।