इटलीमा भूकम्प, एक जनाको मृत्यु, चर्चसहित केही घर भत्किए

2125
views

काठमाडौं, ६ भदौ । इटलीमा गएको ४ म्याग्निच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।
इस्चिया टापु केन्द्र बिन्दु भई गएको भूकम्पका कारण इटलीको ऐतिहासिक चर्चसहित केही घर भत्किएका छन् ।
भूकम्पपछि बिजुली आपूर्ति ठप्प हुँदा हजारौं मानिस प्रभावित भएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मीहरु खटाइएको अधिकारीहरुले जनाएका छन् ।