खानेपानी उत्पादन गर्ने निजी व्यवसायीको एकाधिकार अन्त्य

1507
views

काठमाण्डौ, ९, भदौ । नेपाल सरकार मातहतको खानेपानी संस्थाले जारको पानी उत्पादन सुरु गरेको छ । संस्थानले काभ्रेको पनौति नगरपालिका–७ मा मिनरल वाटर उत्पादन शुरु भएको हो ।

आयोजनाको खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादबले उदघाटन गर्नुभएको छ । मन्त्री यादबले काठमाडौंमा खानेपानीको समस्या रहेको भन्दै सस्तो र गुणस्तरीय पानी बिक्री गर्न संस्थानलाई निर्देशन दिनुभयो । मन्त्री यादबले पानीको गुणस्तरमा लापरबाही हुने नदिन सजग हुनुपर्ने बताँउदै आयोजनालाई आवश्यक पर्ने प्राविधिक र नीतिगत कुराहरुमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा राज्यमन्त्री अब्दुल रज्जाक गद्धीले मिनरल वाटरको उत्पादनले संस्थानलाई आत्मर्निभर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

 

 

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिमप्रसाद उपाध्ययले संस्थाले उत्पादन गरेको पानी गुणस्तरीय र प्रतिष्पर्धी बनाउनु पर्ने बताउनुभयो । संस्थानका महाप्रवन्धक डा. भुपेन्द्र प्रसादले स्थानीय सामग्रीको प्रयोग गरेर संस्थानले मिनरल वाटरको उत्पादन थालेको बताँउदै गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो ।संस्थाले काभ्रेको पनौति–७ मा नगरपालिकाले उपलब्ध गराएको निःशुल्क ७ आना जग्गामा मिनरल वाटर फ्याक्ट्री सञ्चालन गरेको छ । एक करोड १५ लाख बढीको लागतमा र्निमाण भएको फ्याक्ट्रीमा ११ जना कामदार कार्यरत छन भने प्रतिघण्टामा १६ सय लिटर पानी उत्पादन हुने छ । संस्थानले उत्पादन गरेको पानीको प्रतिजार ४७ रुपयाँ होलसेल रहेको बताइएको छ ।