नेपाली राजदूतावास ओमानले बुझायो श्रम समझौताको मस्यौदा

2138
views

ओमान, ९, भदौ । ओमानका लागि नवनियुक्त नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम सम्झौताको मस्यौदा ओमानको श्रम मन्त्रायलमा बुझाउनु भएको छ । अगस्त २२ मंगलबारका दिन नेपाल सरकारले गर्न चाहेको घरेलु कामदार र अन्य क्षेत्रमा काम गर्ने नेपाली कामदारहरूको हकहित र अन्य विषय समेटिएको श्रम समझौताको मस्यौदा ओमानका श्रममन्त्री अब्दुल्लाह विन नासिर विन अब्दुल्लाह अल–वर्कि समक्ष राजदूत पराजुलीले बुझाउनु भएको हो ।
मस्यौदा बुझेपछि ओमानका श्रममन्त्री अल–वर्कीले नेपालीहरु कामदारहरूको प्रशंसा गर्दै ओमान सरकारले पनि नेपाल सरकारसँग श्रम सम्झौता गर्न उत्सुक रहेको प्रतिक्रिया दिनु भएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको हो । श्रम सम्झौता भएपछि कामदार पठाउन कानुनी रुपमा बाटो खुल्ने राजदुत पराजुलीले जोड दिनु भएको नेपाली राजदुतावास मिसन उप प्रमुख रोजिना ताम्राकारले जानकारी गराउनु भएको छ ।