फेरी अर्को गैँडा भेटिएपछि प्राविधिक टोली भारत प्रस्थान

789
views

नवदृष्टि संवाददाता
चितवन, १३, भदौ । भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाल भारत सीमाभन्दा झण्डै पाँच किलोमिटर पर बयस्क गैँडा देखिएको जानकारी दिएपछि आज बिहानै प्राविधिकसहितको टोली भारततर्फ प्रस्थान गरेको छ । बाढीले बगाउँदा नेपालका गैंडा भारत पुगेका थिए । दुईदिन अघि बाढीले बगाएका ६ वटा गैंडाको उद्धार गरिएको थियो फेरी वाल्मिकी टाईगर रिजर्वका अधिकारीहरुले वैयष्क गैंडा भेटिएको सूचना दिएपछि टोली भारत प्रस्थान गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नरेनद्र अर्यालले जानकारी दिए ।
भारतको उक्त क्षेत्रमा भेटिएको ग्रंडा लिनका लागि निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक तथा प्राविधिज्ञसहितको टोली भारत गएको अर्यालको भनाई छ । गत भदौ १ देखि गैँडाको उद्धारमा खटिएको टोलीले दुई भाले गैंडा सहित छवटा गरिसकेको छ । तीमध्ये पाँच गैँडालाई चितवन निकुञ्जमा छाडिएको छ भने एउटा सानो रहेकाले संरक्षण गरेर राखिएको अर्यालले बताए ।निकुञ्जको पश्चिम सेक्टर अमल्टारीमा रहेको हात्तीसहित वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे तथा निकुञ्जका अधिकारीहरु उद्धारमा खटिएका छन् ।
क्षति
साउन २८ गते आएको बाढीका कारण निकुञ्जमा झण्डै दुई करोड रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको जनाइएको छ । बाढीकै कारण चितवन निकुञ्जका दुई गैँडा तथा छ वटा रतुवा मृग र चित्तल मरेको निकुञ्जले जनाएको छ ।