नेपाल र बंगलादेशबीच आज मैत्रिपूर्ण भलिबल खेल हुँदै

2044
views

काठमाडौं,१३ भदौ । नेपालको राष्ट्रिय भलिबल टोलीले आज बंगलादेशसँग मैत्रिपुर्ण खेल खेल्दैछ ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा हुने खेलका लागि दुबै टोली तयार छन् । नेपाली टोलीलाई नेदरल्याण्ड्सका प्रशिक्षकको सहयोगमा प्रशिक्षण दिईएको छ ।
तीन हप्ताको प्रशिक्षणको दौरान नेपालको यो दोस्रो अन्तर्रा्ष्ट्रिय अभ्यास खेल हो ।
यसअघि गत शनिवार मात्रै डेनमार्कको ए डिभिजन टोली मिलवोभालाई पराजित गरेको नेपालले आज र भोलि बंगलादेशसँग दुईवटा खेल खेल्न लागेको हो ।
यो खेल नेपालका लागि स्तर उकास्ने अवसरका रुपमा रहेको छ ।
यसअघि दोस्रो एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा यी दुई राष्ट्र आमने सामने हुँदा बंगलादेशले नेपाललाई हराएको थियो ।
यसपटक घरेलु कोर्टमा नेपाल उक्त हारको बदला लिने अभियानमा रहेको छ ।